
काठमाडौं । प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा कहलिएका अष्ट महर्जन निर्देशित डेब्यु फिल्मले वियोगान्त प्रेमको कथा भन्छ ।
दुई मिनेट लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा छ । फिल्ममा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई तन्नेरी दर्शकले रुचाउने अनुमान छ ।
फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । पुस २९ गते फिल्म प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4