
२१ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् ।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् ।
पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4