+
+

पाँचौं सम्झना कप टेवल टेनिस माघमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:१९

२१ पुस, काठमाडौं । पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेवल टेनिस प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ ।

ललितपुर टेवल टेनिस क्लबले विहीबार पत्रकार सम्मेलन गरी दर्जनबढी देशका करिव ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताकाे मिति सार्वजनिक गरेको हो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष टिम, महिला टिम, भेट्रान्स महिला तथा पुरुष एकल (४० वर्षमाथि) र भेट्रान्स पुरुष एकल (५५ वर्षमाथि) गरी ७ स्पर्धामा प्रतिस्पर्धा गराइनेछ ।

लैनचौरस्थित राष्ट्रिय टेवल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इंग्ल्याण्ड, दक्षिण कोरियालगायतका देशबाट खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो प्रतियोगिता नेपालको टेवल टेनिस इतिहासकै सर्बाधिक पुरस्कार राशीको रहने आयोजकको दावी छ । प्रतियोगितामा टिम र एकल विधामा उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २५ हजार र दुई सेमिफाइनलिस्टले १०–१० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

भेट्रान्स एकलमा उपाधि विजेताले २० हजार, उपविजेताले १० हजार र दुई सेमिफाइनलिष्टले ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियाेगिताकाे मुख्य प्रायाेजन ललितपुरकाे सम्झना ल्याबाेरेटरी क्लिनिक प्रालीले गरेकाे हाे । कार्यक्रममा मुख्य प्रायाेजनसँग सम्झाैता नवीकरणसमेत गरियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?