
काठमाडौं । तपाईको आइफोनबाट कुनै डाटा डिलिट गर्दैमा ती स्थायी रुपमा मेटिएका हुँदैनन् । आइफोनबाट डिलिट गरेर हटाएको ठानिएका डाटाहरु आइफोनको स्टोरेजमा बसिरहेका हुन्छन् । त्यसैले तपाईले यदि कसैलाई आफ्नो आइफोन दिँदै हुनुहुन्छ वा नयाँ आइफोनसँग साट्दै हुनुहुन्छ भने त्यो पूरानो आइफोनमा रहेका आफ्ना डाटाहरु स्थायी रुपमै मेटिएका छन् कि छैनन् भनेर एकीन गर्नुपर्ने हुन्छ ।
आइफोनको स्टोरेजमा रहेका सबै डाटा तथा सेटिंग्सलाई सधैका लागि पूर्णरुपमा मेटाएर आइफोनलाई डाटामुक्त बनाउन पनि सकिन्छ ।
आइफोनका सबै डाटा स्थायी रुपमै मेटाउने दुई वटा विधि छन् । यसका लागि आइफोनबाटै सिधै डाटाहरु Erase गर्न पनि सकिन्छ र आइफोनका डाटा तथा सेटिंग्स Erage गर्नका लागि म्याक वा विन्डोज कम्प्युटरको प्रयोग पनि गर्न सकिन्छ ।
आइफोनबाटै आइफोन स्टोरेजका डाटाहरु कसरी मेटाउने ?
- Settings मा जानुहोस् । त्यसपछि General/Transfer of Reset iPhone मा जानुहोस् ।
- त्यहाँ रहेको Erase All Content and Settings मा ट्याप गर्नुहोस् ।
म्याक र विन्डोज कम्प्युटरको प्रयोग गरी कसरी आइफोनका डाटा मेट्ने ?
- यदि तपाईले आइफोनको सेटिंग्स खोल्न सक्नुहुन्न भने यो विधि उपयोगी र सजिलो हुन्छ । यसका लागि तपाईले आफ्नो आइफोनलाई केवलबाट कम्प्युटरमा जोड्नुपर्दछ । त्यसपछिः
- म्याकको Finder sidebar मा गएर iPhone छान्नुहोस् र माथिपट्टि रहेको General मा क्लिक गरी restore मा क्लिक गर्नुहोस् ।
- यस्तै विन्डोज कम्प्युटरमा हुनुहुन्छ भने iTunes एप जानुहोस् । आइट्युन्स विन्डोको माथि बायाँपट्टि रहेको आइफोन बटनमा क्लिक गर्नुहोस् । त्यसपछि Summary र Restore iPhone मा क्लिक गनुहोस् ।
यसो गर्दा तपाईको आइफोनका सबै डाटा र सेटिंग्स स्थायी रुपमै मेटिन्छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4