+
+

कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:०७

काठमाडौं । ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् ।

‘शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड छन् । मनिषाले कार्तिकसँग सुटिङको अनुभवको बारेमा खुलाइन् र उनको प्रशंसा गरिन् । ‘मलाई लाग्छ कार्तिक आर्यन धेरै प्रतिभाशाली, मेहनती र नम्र व्यक्ति हो । उसले क्यारेक्टर बुझ्छ र केही नयाँ ल्याउँछ । मलाई उसले बनाएका फिल्मको छनोट पनि मनपर्छ । उद्योगमा उसको भविष्य उज्वल छ ।’

आगामी फिल्मको बारे कुरा गर्दै उनले भनिन्, ‘मैले शहजादालाई पहिले नै साइन गरेको थिएँ र यो ठूलो कमर्सियल सेटअप हो । हामी यसलाई फेब्रुअरीमा रिलिज गर्दैछौं । यसले राम्रो आकार लिएको छ । त्यसैले म रिलिजको लागि पर्खिरहेको छु ।’

कार्तिक, कृति र मनिषाले फेब्रुअरी १० मा ‘शहजादा’ रिलिजसँगै बक्स अफिसमा जादू सिर्जना गर्ने आशा गरेका छन् । कार्तिक आर्यनसँग फिल्मको एक रोचक लाइनअप पनि छ जसमा ‘आशिकी ३’, ’सत्यप्रेम की कथा’, ’क्याप्टेन इण्डिया’ र कबीर खानको अनटाइटल नेक्स्ट समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?