२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । उनले पछिल्लो लिग च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए ।
विहीबार संकटाले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको हो । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए ।
सन् २०१९ मा नेपालका तर्फबाट एफसी यू–१९ च्याम्पियनसिप खेलेका उनले २०२१ मा नै नेपालका लागि यू–२३ एसियन कप क्वालिफर्यस खेलेका थिए ।
त्यसको बाटो हुँदै उनले सन् २०२१ को मे मा भएको इराकविरुद्धको खेलमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
उनले २०२१मा भएको नेपाल सुपर लिगमा विराटनगर सिटीबाट खेलेका थिए । त्यस्तै २०२१÷२२ को सिजनमा मछिन्द्रबाट लिग जितेका थिए ।
प्रतिक्रिया 4