+
+

गण्डकी प्रदेशसभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३० गते १७:१७

३० पुस, पोखरा । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।

शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाए । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।

सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।

सत्तारुढ गठबन्धनबीच गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने सहमति थियो । गठबन्धनमा रहेका दलहरुको सहमति अनुसार मुख्यमन्त्री भने नेकपा एमालेका नेता खगराज अधिकारी चयन भइसकेका छन् र उनले विश्वासको मत पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?