 
																			३ माघ, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा उपसभामुख नलिने भएको छ ।
सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरे पनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ ।
उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ ।
सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोइलीदेवी चौधरीलाई उपसभामुखकोउम्मेदवार बनाउने भएको हो । उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन् ।
प्रदेशसभाका एक सांसदका अनुसार चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भएको हो ।
प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखकाको निर्वाचन गर्ने तयारी अघि बढाएका छन् । उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4