
काठमाडौं । नेफ्टा फिल्म अवार्डको अमेरिका आयोजक समितिले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का बृद्ध तथा अशक्तलाई ब्लांकेट वितरण गरेको छ । युएस खबर, फेम नेपाल, चलचित्र प्राविधिक संघ, अमर फाउण्डेसन, एचडीएनपीको सहकार्यमा ७० जना बृद्ध तथा अशक्तलाई ब्यांकेट वितरण गरिएको हो ।
युएस खबरका सम्पादक तथा बढैयाताल निवासी ओम आचार्यको पहलमा न्यानो लुगा वितरण गरिएको हो । बढैयाताल गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम चौधरीले वडासँग बजेट हुदाँपनि वितरण गर्न नसकिएको अवस्थामा स्थानिय युवाले अमेरिकामा बसेर गरेको पहलबाट स्थानियलाई व्याङकेट वितरण गर्न पाइएकोमा खुसी व्यक्त गरे ।
वितरण कार्यक्रममा समाजसेवी भगत नेपालीले नेपाली युवाले आफ्नो देशलाई जहाँ गएपनि विर्सन नहुने बताए । स्थानिय सरकारले विदेशमा रहेका युवालाई स्वदेशमै केही गर्न सकिने खालका कार्यक्रम ल्याउनपर्नेमा जोड दिए । कार्यक्रममा फेम नेपालका निर्देशक विमल पछाईले बृद्ध तथा अशक्तलाई ब्लांकेट दिन अवसर प्रदान गरिएकोमा आभार व्यक्त गरे ।
निर्देशक पछाईले आगामी दिनमा पनि ग्रामिण समुदायको जीवनस्तर उकास्न सहकार्य गर्ने प्रतिवद्धता जनाए । सम्पादक आचार्यले अमेरिकामा रहेका धेरै संस्था नेपालमा लगानी गर्न इच्छुक रहेको बताउर्दै आगामी दिनमा थप कार्यक्रम संचालन गर्न पहल गर्ने बताए । आचार्यले समाजमा विकास तथा सहयोग गर्न आफु कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाए ।
ब्लांकेट वितरण कार्यक्रममा वडा ५ का पूर्ववडाध्यक्ष रामसिंह थारु, सरस्वती मावि बढैयाताल जगतियाका प्रध्यानाध्यापक दीर्घनारायण त्रिपाठी, स्थानिय समाजसेवी रामकुमार विक, स्थानिय तथा पत्रकार लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया 4