+
+

डोटीमा पहिलो पटक इन्डोस्कोपी सेवा सुरु

रासस रासस
२०७९ माघ ११ गते १९:०९

११ माघ, डोटी । डोटीमा पहिलो पटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका-४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो ।

इन्डोस्कोपी सेवा सञ्चालन भएपछि यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको केआई सिंह गाउँपालिका-५ का करन रानाले बताए । इन्डोस्कोपी सेवा सञ्चालन भएपछि बिरामीको निकै चाप बढेको सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाइ नभएको प्रशासन प्रमुख बलायरको भनाइ छ । अस्पतालबाट सबै प्रकारका जाँच तथा परीक्षण, भिडियो एक्सरेलगायतका सेवा उपलब्ध भइरहेको छ ।

‘सेवा सञ्चालनपछि जिल्लाका नागरिकका लागि सहज भएको हो’, सुजङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्त बलायरले भने, ‘सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महसुस गर्ने विश्वास छ ।’ उनका अनुसार यसका लागि सबै प्रकारका उपकरण जडान भइसकेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?