
१३ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिपतिमा निर्वाचित भएपछि आफ्नो प्रमुख कार्यभार संविधानको रक्षा गर्नु रहेको बताएका छन् ।
राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि उनले भने, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ । त्यसको रक्षा गर्नको निम्ति आएको छु ।’
७० वर्ष लडेर प्राप्त गरेको व्यवस्थामाथि खेलवाड गर्ने स्वार्थी प्रयासबाट सबै नेपाली सजग हुनुपर्ने पनि उनले बताए ।
उनी थप्छन्, ‘संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै संविधानको रक्षकको हैसियतले राष्ट्रपति भएर जिम्मेवारी पूरा गर्ने प्रयास रहनेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4