 
																			२३ फागुन, काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4