+
+

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट को-को छन् आकांक्षी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:५३

२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् ।

रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र ध्रुव वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधानसभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका छन् । नेविसंघका पूर्व महामन्त्री दिपक भट्टराई पनि उक्त क्षेत्रमा उपनिर्वाचनका लागि आकांक्षा देखाएका छन् ।

केन्द्रीय सदस्य भट्टराई निर्वाचन गतिविधिका लागि सामाखुसीमा सम्पर्क कार्यालय समेत खोलिसकेका छन् । भट्टराईले १५ फागुनमा सभापति शेरबहादुर देउवालाई भेटेर तनहुँ–१ को उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गरिसकेका छन् । सभापतिले तनहुँ-१ को उपनिर्वाचन जितेर आउने शुभेच्छा दिइसकेको भट्टराईले बताए ।

‘मंसिरमा भएको चुनावमा प्रत्यक्षमा तीन जनाको नाम सिफारिस भएको हो । रामचन्द्र दाइ राष्ट्रपति बन्नुभयो । शंकर भण्डारी तनहुँ–२ बाट जित्नुभएको छ’ भट्टराईले अनलाइनखबरसँग भने,‘प्रतिनिधि सभाको उम्मेदवार हुनका लागि समानुपातिकमा नबस्ने र राष्ट्रिय सभामा नजाने निर्णय लिएको हुँ ।

’ केन्द्रीय सदस्य हुनु साथै अन्य आकांक्षी भन्दा पार्टी वरियतामा माथि रहेकाले भट्टराईको सम्भावना बढी रहेको कांग्रेसका नेताहरु बताउँछन् । नेविसंघका पूर्व अध्यक्ष समेत भट्टराईले २०७४ को निर्वाचनमा प्रदेश सभामा पराजित भएका थिए । संघको टिकट भने उनले हालसम्म पाएका छैनन् ।

तनहुँ–१ मा प्रत्यक्षको उम्मेदवार हुन हरेक पटक आकांक्षा राख्ने तर प्रत्यक्षको टिकट पाउनबाट वञ्चित पुराना नेता रामचन्द्र पोखरेलको दाबी राखेका छन् । २०४८ सालदेखि प्रत्यक्षको टिकट प्राप्त गर्न नसकेको उनले सुनाए ।

‘प्रत्यक्ष उम्मेदवार हुन अहिलेसम्म पाएको छैन । मेरो दाबी स्वाभाविक हो’ पोखरेलले भने,‘आकांक्षा राख्ने सबै साथीहरुका विचमा आ–आफ्नो धारणा राख्छौं । एउटा निर्णयमा पुगिएला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?