+
+

पश्चिम नेपालमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते ७:०५

२ वैशा, काठमाडौं । आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार पनि मौसम बदली हुनेछ । सोमबार पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का हुनेछ भने तराईमा हावा-हुरीको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?