
१३ वैशाख, काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् ।
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतान्त्रिक मूल्य मान्यता विपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’
यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4