+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

लक्ष्मी महतो कोइरीको संसदको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा संसदमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:५८

१५ वैशाख, काठमाडौं । नेकपा एमलेका सांसद लक्ष्मी महतो कोइरीको संसद बैठकमा अनुपस्थितिको विषयमा संसदमा प्रश्न उठेको छ ।

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गरएका छन् ।

सांसदहरुको अनुपस्थित अनुमोदन गर्न सभामुखले सदनमा प्रस्तुत गरेपछि सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस सहितका दलहरुले स्वीकृति प्रदान गर्न नसकिने भनी प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि कोइरीको अनुपस्थितिबारे प्रश्न उठाएका छन् ।

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कोइरीको अनुपस्थितिलाई अनुमोदन गर्न नसकिने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोइरी फरार रहेको र फेला पर्दा जेल जाने अवस्था रहेको र यो तथ्य भएको उल्लेख गरे । फरार सांसदले स्वास्थ्य उपचारमा रहेको भनी सदनमा प्रस्ताव आउनु भन्दा अर्को जग हसाइ अर्को नहुने बताए ।

सांसदहरुले ‘फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गए भनेर’ मासिनहरुले भन्छन् भनी लेखकले कोइरी बिरामी रहेको स्वीकार गर्न नसकिने बताए । सरकारले खोज्दै गरेको सांसदलाई बिरामी प्रमाणित गरेर उन्मुक्ति दिन नसकिने उनको भनाइ छ।

कोइरी बिरामी हुन कि फरार हुन भनेर अदालतमा प्रश्न उठ्यो भने के फैसला गर्ने भन्ने अप्ठ्यारो समेत पर्ने उल्लेख गर्दै उनले झुटा कुरा पारित गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?