+

म्यानचेष्टर सिटीलाई ४ अंकको अग्रता

२०८० वैशाख  २३ गते २२:१० २०८० वैशाख २३ गते २२:१०
म्यानचेष्टर सिटीलाई ४ अंकको अग्रता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले लिड्सलाई हराएको छ र ४ अंकको प्रष्ट अग्रता बनाएको छ ।

शनिबार भएको खेलमा सिटीले लिड्सलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका लागि दुबै गोल गुन्डोगानले गरे । उनले १९ र २७ औं मिनेटमा रियाद मेहराजको पासमा गोल गरेका हुन् ।

सिटीले त्यसपछि पनि खेललाई आफ्नै नियन्त्रणमा राखेको थियो, तर तेस्रो गोल भने गर्न सकेनन् ।

खेलको ८४औं मिनेटमा घरेलु टोलीले पेनाल्टी पायो । सिटीमा नियमित पेनाल्टी हान्दै आएका हल्याण्डले बल गुन्डोगानलाई दिए, ताकी ह्याट्रिक बनोस् । तर उनी गोल गर्न चुके ।

बरु लगतै लिड्सका लागि रोड्रिगोले गोल गरे, तर टोलीको हार टार्न भने सकेनन् ।

जितपछि सिटीको ३४ खेलबाट ८२ अंक भएको छ । लिगमा चार खेल्न बाँकी रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ७८ अंक छ ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय