+
+

मनिषालाई भेटेपछि अष्ट्रेलियाली सहायकमन्त्रीले भने- उहाँसँग भेट्न पाउनु सौभाग्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:५५

काठमाडौं । दुईदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौंमा आइपुगेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स र अभिनेत्री मनिषा कोइरालाबीच भेट भएको छ । भेटपछि सामाजिक सञ्जालबाट जानकारी दिंदै वाट्सले अनिनेत्री कोइरालालाई व्यक्तिगत रुपमा भेट्न पाउनु आफ्नो सौभाग्य रहेको बताए ।

अष्ट्रेलियाको मेलबर्नमा भइरहने भारतीय फिल्म फेस्टिभलमा आफूले धेरैपटक सहभागी भएको स्मरण गर्दै सहायक विदेशमन्त्री वाट्सले मनिषासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘म मेलबर्नको भारतीय फिल्म महोत्सवमा धेरै पटक गएको छु । भारतबाहिर भारतीय सिनेमाको यो सबैभन्दा ठूलो उत्सव हो । तर मनिषा कोइरालालाई व्यक्तिगत रूपमा भेट्नु विशिष्ट सौभाग्य हो ।’

यसैसाता काठमाडौं आइपुगेकी मनिषाले केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि भेटेकी छन् ।

कामको कुरा गर्दा मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा काम गरिन् भने उनी अभिनित फिल्म ‘शेहजादा’ हलमा रिलिज भएको थियो । पछिल्लो समय मनिषाले नेपालको राजनीति र समसामयिक घटनाक्रममा समेत चासो राख्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?