+
+

सप्तरीमा युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते ९:२१

८ जेठ, जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले  प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए ।

उनका अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?