
८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ ।
पूर्वाधार तयार गरेर लाइसेन्सको लागि आवेदन दिएका ८मध्ये ७ कम्पनीले लाइसेन्स पाएको बोर्ड स्रोतले जनाएको छ । ‘बार्डमा आवेदन लिएका ८ कम्पनीको पूर्वाधारको निरीक्षणपछि आज बसेको बोर्ड सञ्चालक समिति बैठकले ७ कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो,’ बोर्ड स्रोतले भन्यो ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।
धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेकोमा बोर्ड ४३ वटा कम्पनीले आशयपत्र (एलओआई) पाएका थिए । जसमध्ये सोमबार ७ कम्पनीले लाइसेन्स पाएका हुन् ।
प्रतिक्रिया 4