+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ग्रामिण चलचित्र महोत्सव जेठ २५ देखि भकुण्डेबेसीमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:१०

काठमाडौँ । नेपाल ग्रामिण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको छ ।

महोत्सवमा २६ वटा फिल्म प्रदर्शन हुने सहभागी हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् ।

महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?