+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि दीक्षान्त समारोह हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १८:३९

२६ जेठ, दाङ। नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि विश्वविद्यालयमा हुन लागेको हो।

विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ ३१ गते दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। हरेक वर्ष विश्वविद्यालयबाट उतीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुनसकेको थिएन।

विश्वविद्यालयले कुलपति रहने प्रधानमन्त्रीको समय नमिल्दा र खर्च पनि धेरै हुने भएकाले दीक्षान्त समारोह हुन नसकेको बताउँदै आएको थियो।

तर यसपटक भने प्रधानमन्त्रीको समय मिलेको भन्दै दीक्षान्त समारोह गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। जेठ ३१ गते हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वविद्यालयमा आउने कार्यक्रम तय भएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडाले जानकारी दिए।

उनले विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री अशोक राईसहित विदेशी पाहुनाहरु उपस्थित हुने बताए। उनका अनुसार २०६८ सालयता करिब पाँच हजार विद्यार्थी दीक्षित हुन बाँकी छन्।

दीक्षान्त कार्यक्रममा विश्वविद्यालयको शास्त्री, एकवर्षे शिक्षाशास्त्री, आयुर्वेद स्नातक तह (बीएएमएस), आचार्य र विद्यावारिधि गरी ४ हजार ७७२ जना विद्यार्थी दीक्षित गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?