कहिलेकाहीँ कुनै टेलिभिजनका संवाददाताहरुले रिपोर्टिङका क्रममा अनौठा प्रयोग गर्दछन् । हालै पाकिस्तानमा एकजना संवाददाताले गरेको प्रयोग भाइरल बनिरहेको छ ।
ती पत्रकार पाकिस्तानको कराँचीका हुन् । मौसमको बारेमा रिपोर्टिंग गरिरहेको बेलामा उनले यस्तो कुरा गर्दछन् कि दर्शकहरु नै तिनछक परे । रिपोर्टिंगका क्रममा उनी यतिधेरै उत्साहित भएका छन् कि के कुरा सही र के गलत भन्ने नै उनले भुलेका छन् ।
सोसल मिडियाहरुमा भाइरल बनेको एक भिडियो क्लिपमा अब्दुल रहमान नामका रिपोर्टरले समुद्रको किनारामा गएर रिपोर्टिंग गरिरहेका हुन्छन् ।
उनले मौसमको ताजा जानकारी दिने काम गर्दछन् । उनले निकै रोचक तथा अतिशयोक्तिपूर्ण तरिकाले समुद्रको गहिराईको बारेमा चर्चा गर्न थाल्छन् । तर उनको गतिविधि त्यसबेला उत्कर्षमा पुग्दछ जब उनी कुनै हिच्किचाहट विना नै हातमा माइक्रोफोन समाएर समुद्रमै हाम फाल्दछन्।
समुद्रको पानीमा तैरिएर उनले आफ्नो रिपोर्टिंग जारी राख्दछन्। समुद्रमै तैरिँदै उनले समुद्र कति गहिरो छ भनेर बताइरहेका हुन्छन्। त्यसपछि उनी पानीमा डुबुल्की मार्दछन् र बाहिर आउँछन्। बाहिर पनि उनले समुद्रको गहिराईबारे बताउँछन्।
त्यसपछि आफ्ना क्यामरा पर्सन तैमूर खानसँगै उनले आफ्नो रिपोर्टिंग सक्दछन् । यो भिडियोले सन् २००८ मा पाकिस्तानको कराँचीमै चाँद नबाब भन्ने पाकिस्तानी रिपोर्टरले गरेको लाइभ रिपोर्टिंगको भिडियोलाई सम्झाइदिएको छ।
उनको भिडियो अहिले पनि चर्चामा छ र त्यसलाई नै आधार बनाएर सलमान खानको बजरंगी भाइजान फिल्ममा समेत उक्त दृश्य खिचिएको छ। एजेन्सीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4