
११ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गरिएको छ ।
केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समितिको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गराएका छन् ।
विधानतः दुई महिनामा एकपटक केन्द्रीय समितिको बैठक बस्नुपर्छ । अघिल्लो वर्षको असार २७–साउन २ को बैठक बसेको थियो । त्यसयता केन्द्रीय समितिको बैठक डाकिएको छैन ।
‘पार्टीका लागि विगतको ११ महिना निकै आरोह अवरोहपूर्ण रह्यो । नीतिगत एवं राजनैतिक अध्ययन अनुसन्धानका दृष्टीले पेचिलो मात्र होइन, सैद्धान्तिक वैचारिक स्खलन एंव छवि विघटनका दृष्टिले समेत निकै पिडादायी रह्यो,’ आचार्यले बैठक माग गर्दै दर्ता गरेको पत्रमा लेखेका छन् ।
अस्वाभाविक चुनावी गठबन्धनले सांगठनिक र मनोबैज्ञानिक क्षति व्यहोर्नु परेको पत्रमा उल्लेख गरेका छन् । यी सवालहरु केन्द्रिय कार्यसमितिभित्र समीक्षा गर्ने परिस्थिति नबनेको भन्दै असन्ुतष्टि व्यक्त गरेका छन् ।
रुपान्तरणको अभियानको अन्तरक्रिया पार्टी कार्यकर्ता जागरुक र चिन्तित दुरबै अवस्थामा भेटेको उनले उल्लेख गरेका छन् । केन्द्रीय सदस्य भएर के गर्नु भयो ? भनि आफू माथि नै प्रश्न कार्यकर्ताले गरेको उनले पत्रमा लेखेका छन् ।
प्रतिक्रिया 4