+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रेस युनियन काठमाडौंको अध्यक्षमा महेश्वर गौतम निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते २२:४८

११ असार, काठमाडौं। नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् ।

गौतम प्रतिस्पर्धी दिलीपप्रकाश कार्कीलाई १८६ मत अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

गौतमले ३१५ मत प्राएका छन् भने उनका प्रतिस्पर्धी दिलीपप्रकाश कार्कीले १२९ मत ल्याए।

त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन्। उनले २८५ मत ल्याए भने उनका प्रतिस्पर्धी केशव पाण्डेले १५१ मत मात्र ल्याए।

नेपाल प्रेस युनियन काठमाडौं शाखाको ९औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो।

अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष र सचिव बाहेकका अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन अधिकृत प्रदीप बस्यालले जानकारी दिए।

उनका अनुसार उपाध्यक्षमा रोमन आचार्य(पुरूष), महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह-सचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी,सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड),राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल,रामचन्द्र मिश्र, अनुप प्रधान,मिन्साङ लामा,रमेश सेन्चुरी, विनिता क्षेत्री,मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?