
काठमाडौं। सात वर्ष उमेरको एक चिनिया नश्लको कुकुरुले यो वर्ष सन् २०२३ का लागि विश्वकै सर्वाधिक कुरुप कुकुरको उपाधि पाएको छ। स्कुटर नाम भएको उक्त कुकुरले जुन २३ मा उक्त उपाधि जितेसँगै ट्रफी र १५ सय डलर पुरस्कार समेत जितेको हो।
अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा मारिनमा भएको कुरुप कुकुर प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पारेर कुरुपताको हद पार गर्दै स्कुटरले उपाधि जितेको हो।
स्कुटरको सरीरमा रौँ छैनन् भने उसले राम्रोसँग हिड्न पनि सक्दैन। स्कुटरलाई जनावर उद्दार समूह सेभिंग एनिमल फ्रम युथेनेसियाले उद्धार गरेको थियो र पछि त्यसलाई उक्त समूहका एक सदस्यले लगेर पालेका थिए।
उनले सात वर्षसम्म उक्त कुकुरलाई आफूसँगै राखे। त्यसक्रममा लिन्डा एल्मक्विस्ट नामकी एक महिला सो कुकुरलाई हेर्न आउँथिन् र कुकुरलाई बेला बेलामा पशु चिकित्सककोमा पनि लैजान्थिन्। उद्धार समूहका सदस्यलाई पनि सो कुकुरको पालनपोषण गर्नका लागि समय नमिलेपछि स्कुटरलाई उनै लिन्डाले आफ्नो घरमा लगिन् र पाल्न थालिन् ।
स्कुटरका पछाडिका २ खुट्टा राम्रोसँग चल्दैनन् त्यसैले ऊ अगाडिका २ खुट्टाले मात्रै हल्का हिड्छ। उसको उमेर पनि बढि भएको हुनाले छिटै थाक्दछ । अहिले डाक्टरको सल्लाह अनुसार लिन्डाले कुकुरका लागि एउटा गाडी किनिदिएकी छिन् जसमा बसेर ऊ अलिक छिटो हिडडुल गर्न सक्दछ ।
पछिल्लो ५० वर्षदेखि हरेक वर्ष आयोजना हुने गरेको यो प्रतियोगितामा विभिन्न खालका शारीरिक असामान्यता तथा कुरुपता भएका कुकुरहरुलाई लिएर कुकुर धनीहरु सहभागी हुन्छन् । मानिसहरुलाई सुन्दर नदेखिने कुकुरहरु पनि पाल्नका लागि प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गर्ने गरिएको हो ।
गतवर्ष सन् २०२२ मा मिस्टर ह्याप्पी फेस नामक कुकुरले सर्वाधिक कुरुप कुकुरको उपाधि जितेको थियो। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4