+
+

काठमाडौं महानगरको ‘आइडिया बैंक’का लागि छानिए ५० समूह

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १४:२३

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आह्वान गरेअनुसार ‘आइडिया बैंक’का लागि परेका आवेदनमध्ये ५० समूह छनोटमा परेका छन् ।

आवेदन दिएका व्यक्ति वा समूहहरुले आ–आफ्नो सोच, यससँग आधारित प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायतका विषयबारे प्रस्तुति दिएका थिए । जसका लागि काठमाडौं महानगरको शहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन्स (केएमआईआई) २०८० ’बारे प्रस्तुतिका लागि तीन दिने कार्यक्रम सञ्चालन गरेको थियो ।

समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७, सामुदायिक सेवामा २३, आर्थिक सामाजिक क्षेत्रमा १९ र शहरी पूर्वाधारमा २० गरी १०१ सोच प्रस्तुतिका लागि छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति सहभागी थिए । जसमध्ये प्रस्तुतिका आधारमा आयोगले ५० समूह छनोट गरेको हो ।

२ जेठ २०८० मा पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो । यसका लागि १९ जेठसम्म समय तोकिएको थियो ।

यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पुर्‍याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।

शहरी योजना आयोगका सदस्य प्रतिक अधिकारीका अनुसार नवीनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर बेरोजगारसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?