+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जनप्रतिनिधिले लिए आन्दोलनका कार्यक्रम फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १४:५०
भीम ढुंगाना र लक्ष्मीदेवी पाण्डे

२२ असार, काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहमा पठाउनु पर्ने वित्तीय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने निर्णयबाट पछि हट्दै सरकारले ४० प्रतिशत रकम तत्काल पठाउने बिहीबार मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय तहका जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

‘समानीकरण अनुदानको बाँकी रकम निकासाका लागि यसअघि संघ/महासंघले तय गरेका आन्दोलनका सबै कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा अवगत गराउँछौं,’ संघका अध्यक्ष भीम ढुंगाना र महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघीय प्रणालीमा अन्तरसरकार वित्त हस्तान्तरण तर्फ वित्तीय समानीकरण अनुदान संवैधानिक रुपमा अनिवार्य दायित्व भएको र स्थानीय सरकारका लागि आफ्नो प्राथमिकताका योजना तथा कार्यक्रम सञ्चालन गर्ने एक मात्र स्रोत भएकोले बाँकी रहेको रकम पनि यथाशक्य चाँडो निकासा हुनुपर्ने माग जनप्रतिनिधिहरुको छ ।

संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विरोधमा स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?