+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मनाङको हेलिकप्टर खोज्न प्रहरी सोलुको लाम्जुरापासतर्फ जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:०५

२६ असार, काठमाडौं । बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गका अनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी थालिएको छ ।

लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको अनलाइनखबरलाई बताए । ‘हेलिकप्टरबारे मलाई अपुष्ट जानकारी आएपछि प्रहरी खटाएको छु, यहाँबाट केही पनि देखिएको छैन’ उनले भने,’सम्भावित क्षेत्रमा खोजी जारी छ ।’

प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ । स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर हराइरहेको भनिएको क्षेत्रमा परिचालित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?