+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इक्यान अध्यक्षमा चार प्रत्यासी, १८ पदमा ४४ जनाको दावेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १७:४८

२९ असार, काठमाडौं । शैक्षिक परामर्शदाताहरूको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि चार जना चुनावी मैदानमा उत्रिएका छन् ।

शनिबार हुने निर्वाचनमा दुई प्यानलसहित अध्यक्षका चार प्रत्यासीले उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिका अनुसार १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ ।

अध्यक्षमा पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले पनि अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा राजन गोदारसहितको उम्मेदवारी परेको छ । उनी स्वतन्त्रतर्फका प्रत्यासी हुन् ।

यस्तै, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २/२ जना, सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । संघको सचिवमा दुई जना मात्रै रहने विधानको व्यवस्था छ ।

यस्तै, ९ जना कार्यसमिति सदस्य पदका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । संघमा ४६७ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?