+
+

भद्रकुमारी घले सेवा सदन भत्काउँदै महानगर

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन ३ गते १२:४४

३ साउन, काठमाडौं । भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगर देवीनगर  पुगेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।

सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?