
५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यका लागि ४० वर्ष मुनिका युवाहरुका लागि आवेदन आह्वान गरेको छ ।
नविन राप्रपाको अवधारणा अघि सारेको राप्रपाको पछिल्लो केन्द्रीय समितिले ४० वर्ष मुनिका थप २० जना व्यक्तिलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयअनुसार राप्रपाको केन्द्रीय सदस्य भई सक्रिय राजनीति गर्ने चाहना भएकाहरुबाट खुला आवेदन आह्वान गरेको हो ।
पार्टीभित्र र बाहिरका व्यक्तिहरुले ३० दिनभित्र आवेदन दिनसक्ने राप्रपाले जनाएको छ ।
आवेदकहरुबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा कम्तीमा १० जना महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने राप्रपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4