+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सिएटलमा २.३ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १३:२४

काठमाडौं । अमेरिकी सहर सिएटलमा आयोजित गायिका टेलर स्वीफ्टको कन्सर्टका कारण उक्त क्षेत्रमा २.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको भूकम्पविद्ले बताएका छन् । बीबीसीका अनुसार उक्त भूकम्पीय तथ्यांक गायिका स्वीफ्टको बहुचर्चित इरास टुर अन्तर्गत २२ र २३ जुलाईमा लुमेन फिल्डमा आयोजना गरिएको कन्सर्टको बेला मापन गरिएको थियो ।

भूकम्पविद् ज्याकी क्याप्लान-अउरबाचले उक्त गतिविधि स्विफ्टका फ्यान वा ध्वनि प्रणालीका कारण भएको बताए । ‘बिस्ट क्वेक’ भनिने चिनिने सिएटलमा यो शोले सन् २०११ को रेकर्ड तोडेको छ ।

यसअघि सन् २०११ मा न्यु अर्लिन्स सेन्ट्सविरुद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए । पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक डाक्टर क्याप्लान-अउरबाचले सीएनएनलाई बताएअनुसार एनएफएल खेल र स्वीफ्टको भर्खरका कन्सर्टहरूबीचको कम्पनको भिन्नता ०.३ मात्रै रहेको बताइन् । तर स्वीफ्टको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको जनाइएको छ ।

‘मैले कन्सर्टको दुवै रातको डेटा कलेक्सन गरें र याद गरें कि तिनीहरू स्पष्ट रूपमा संकेतको एउटै ढाँचाका थिए,’ उनले भनिन्, ‘यदि मैले तिनीहरूलाई एकअर्काभन्दा भिन्न छन् कि भनेर जाँच्दा ती कम्पन लगभग समान देखिए ।’ एक लाख ४४ हजार प्रशंसकमाझ सिएटल कन्सर्ट आयोजना गरिएको जनाइएको छ ।

त्यसपछि इन्स्टाग्राममा पोस्ट गर्दै स्वीफ्टले भनिन्, ‘सिएटल जुन साँच्चै मेरो मनपर्ने सप्ताहन्तहरूमध्ये एक थियो । सबै कुराको लागि धन्यवाद । तपाईंको फोक्सोमा सबै खुसी, चिच्याउने, उफ्रिने, नाच्ने, गाउने मात्र होस् ।’ स्वीफ्टको सिएटल कन्सर्ट पाँच वर्षको पहिलो सांगीतिक टुर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?