+

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित

२०८० साउन  १५ गते १३:५३ २०८० साउन १५ गते १३:५३
मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित

१५ साउन, काठमाडौं । मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् । थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो ।

थाई लिग टु क्लब रायोङ एफसीले मनिषलाई अनुबन्ध गरेको जनाएको हो । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।

उनले नागावर्ल्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको क्लबले जनाएको छ ।

गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले २०२१ मा ईराक विरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।

दक्षिण काेरियामा फुटबल सिकेका उनले यसअघि दक्षिण कोरियाकै विश्वविद्यालयको टिमका साथै बहराइनको क्लब इत्तेहाद अल रेफबाट पनि खेलेका छन् ।

मनिष डाँगी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय