२३ साउन, काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीविरुद्ध मछिन्द्र एफसीले पहिलो हाफमा ३-१ को अग्रता लिएको छ ।
खेलको सातौं मिनेटमा नै पारोले अग्रता बनाएको भए पनि मछिन्द्रले खेलमा फर्किँदै लगातार २ गोल गरेको छ ।
७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।
तर त्यसको ५ मिनेटपछि नै विमल घर्ती मगरले बराबरी गोल फर्काए ।
एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।
त्यसपछि १५ औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
३९ मिनेटमा ओलावाले आफिजले गाेल गरेपछि मछिन्द्रले ३-१ काे अग्रता बनायो ।  ओमालाजा करिमकाे पासमा ओलावालेले गाेल गरे र टिमलाई ३-१ को अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4