+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.2)
VS
८२ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सामाजिक कथावस्तुको सिरिज ‘हामी जे देख्छौं’ मंगलबारदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १३:१९

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित टेलिसिरिज ‘हामी जे देख्छौं’ आगामी मंगलबारबाट हिमालय टिभीमा प्रसारण हुने भएको छ ।

६ वटा एपिसोडमा प्रसारण हुने सिरिजमा मदिरा, लागुऔषध, यौन हिंसाले समाजमा पार्ने प्रभावलाई चित्रण गर्ने कोसिस गरिएको छ । कथानक शैली र विज्ञका भनाइलाई राखेर निर्माण गरिएको सिरिजमा अर्पण ढुंगानाको कथा तथा निर्देशन रहेको छ ।

त्रिलोचन एडभरटाइजिङको प्रस्तुति रहेको कार्यक्रम हरेक मंगलबार बेलुकी ९ बजेदेखि साढे ९ बजेसम्म प्रसारण हुने जनाइएको छ । अनुशासित र मर्यादित समाज निर्माणमा मद्दत पुर्‍याउनु कार्यक्रमको उद्देश्य रहेको निर्माताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?