+
+

बलिउड अभिनेता साहिल खान काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते ८:१६

काठमाडौँ । भारतीय अभिनेता तथा फिटनेस ब्यवसायी साहिल खान शनिबार नेपाल आइपुगेका छन् । राजधानीमा आयोजना गरिएको शारीरिक सुगठन प्रतिस्पर्धा ‘नरेश सूर्य क्लासिक नेपाल’मा सहभागि हुन उनी काठमाडौं आइपुगेका हुन् ।

स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुशि लागेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी आइतबार भारत फर्कने तयारी छ ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्ति पनि आएका छन् । इन्डियाको फ्रेन्चाइजी समेत रहेको यो प्रतिस्पर्धामा डेढसयजना नेपाली पनि सहभागि छन् ।

विजेताले नगद दुई लाख पचास हजार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?