३ भदौ, हेटौंडा। हेटौंडा नवलपुरमा रहेको हेटौंडा एकेडेमीको सह-चालकलाई कक्षा २ मा पढ्ने ८ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोप लागेको छ ।
शनिबार विद्यार्थीको अभिभावकले विद्यालयका एक सह–चालकले यौन दुर्वयवहार गरेको उजुरी गरेको विद्यालयकी प्रधानाध्यापक गौरीदेवी चिमरियाले जानकारी दिइन् ।
उजुरी परेपछि विद्यालय प्रशासन तथा प्रहरी प्रशासनले छानबीन गरिरहेको उनले बताइन् । उनले भनिन् ‘हिजो उजुरी परेको छ । हामीले छानबिन समिति गठन गरेर छानबीन गरिरहेका छौं ।’
प्रधानाध्यापक चिमरियाका अनुसार विद्यालयको ७ वटा बस मध्ये एउटा बसको सह–चालकले दुव्र्यवहार गरेको अभिभावकले उजुरी दिएका छन् । छानबिन भइरहेकोले आरोपितको नाम बताउन नसकिने बताइन् ।
प्रतिक्रिया 4