
६ भदौ, काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।
डा. हरिहरदेव पन्त फाउन्डेसनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर २१ भदौमा बञ्जाडेलाई प्रदान गरिने भएको हो ।
जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा श्री बिजय राज खनालले पाएका छन् ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट दिने गरिएको छ । विगत एक दशक भन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका बञ्जाडेले नगद ५० हजार रुपैयाँ पुरस्कार समेत पाउनेछन् ।
प्रतिक्रिया 4