
८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4