
१२ भदौ, जनकपुरधाम । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ ।
लामो समयदेखि बिरामी भएर थला परेका वरिष्ठ पत्रकार नेपालीको सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित आफ्नै निवासमा निधन भएको हो ।
नेपालीको ७८ वर्षको उमेरमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए
। नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम सशक्त रुपमा कलम चलाएका थिए । प्रजातान्त्रिक आन्दोलनमा उनी समाचार लेखेकै कारण पटक–पटक जेलनेल गएका थिए ।
उनको मंगलबार जनकपुरधामस्थित दुधमती नदीमा अन्तिम सस्कार गरिने परिवारजनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4