+

मेस्सीले गोल गर्न नसक्दा बराबरीमा रोकियो इन्टर मियामी

२०८० भदौ  १४ गते १३:०४ २०८० भदौ १४ गते १३:०४
मेस्सीले गोल गर्न नसक्दा बराबरीमा रोकियो इन्टर मियामी

१४ भदौ, काठमाडौं । लिओनल मेस्सीले गोल गर्न नसक्दा इन्टर मियामीको विजय यात्रामा ब्रेक लागेको छ ।

अमेरिकाको एमएलएस (मेजर लिग सकर) मा बिहीबार मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेलेको हो । मेस्सीलाई भित्र्याएपछि मियामीले खेल जित्न नसकेको यो पहिलो पटक हो ।

यसअघि मेस्सी आएपछिका सबै ९ खेल जितेको थियो र ती खेलमा मेस्सीले ११ गोल गरेका थिए । उनले क्लबलाई पहिलो पटक उपाधि दिलाउने क्रममा लिग कप जितेका थिए ।

नासभिल एससीविरुद्धको खेलमा ३६ वर्षका मैस्सीले गोलको प्रयासमा ७ प्रहार गरेका थिए । तर गोल गर्न सकेनन् ।

बराबरीसँगै इन्टर मियामी एमएलएस प्ले अफ क्वालिफिकेसन स्पटबाट १७ अंक टाढा छ र १० खेल बाँकी छ ।

इन्टर मियामी लियोनेल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय