+
+

पर्यटक यातायात व्यवसायी संघमा प्रकाश सापकोटाको प्यानल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:२८

१८ भदौ, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको नयाँ नेतृत्व छनोटका लागि निर्वाचन हुँदैछ । संघको २०औं साधारणसभा तथा अधिवेशन २२ भदौमा काठमाडौंमा हुँदैछ ।

अधिवेशन नजिकिएसँगै नयाँ नेतृत्वका लागि निर्वाचनको माहोल बढेको छ । संघमा नयाँ नेतृत्वका लागि प्रकाश सापकोटाको नेतृत्वमा प्यानल नै घोषणा भएको छ । समूहले आइतबार निर्वाचन समितिको कार्यालयमा उम्मेदवारी दर्ता समेत गरिसकेको छ ।

सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा भरतप्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोदप्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेत र सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्रबहादुर पाठक र सुदिन महत रहेका छन ।

अध्यक्षका उम्मेदवार सापकोटाले पर्यटक बसका लागि संघीय राजधानीमा बसपार्क बनाउने, बौद्धदेखि हनुमानढोका दरबार क्षेत्र लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा पार्किङको समस्या हटाउने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, प्रहरीले हरियो प्लेटका पर्यटक बोक्ने सवारी माथि फरक व्यवहार गर्ने गरेको भन्दै सापकोटाले त्यसमा परिवर्तन ल्याउन समन्वय गरेर काम गर्ने बताए ।

पर्यटनमा होटलपछिको सबैभन्दा ठूलो लगानी पर्यटक यातायातमा रहेको भए पनि सरकार सम्बन्धित सरोकारवालाहरूले नजर अन्दाज गरेको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?