
२० भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइनखबरकर्मी नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको समाचार संकलनका लागि त्रिभुवन विमानस्थलमा पुगेकी दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले ‘महिला भएर पनि यस्तो ठाउँमा किन आएको’ भन्दै हातपात र दुर्व्यवहार गरेका थिए ।
‘स्वतन्त्रपूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4