+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
संघीय निजामती विधेयक :

सहसचिवमा पनि अन्तर तह प्रतियोगिता

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ २४ गते २०:५०

२४ भदौ, काठमाडौं । सरकारले संघीय निजामती सेवाको सहसचिव पदसम्म  नै अन्तर तह प्रतियोगिताको पनि व्यवस्था गर्ने भएको छ । संसदमा दर्ता गर्ने गरी मन्त्रिपरिषदले पारित गरेको संघीय ‘निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ मा स्थानीय, प्रदेशका कर्मचारीले  सहसचिवस्तरसम्म नै अन्तर तह प्रतियोगतामा भाग लिन पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।

सम्बन्धित पदमा बढुवाको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, तोकिएको सेवा अवधि पूरा गरेको र प्रचलित कानून बमोजिम बढुवाको लागि योग्य व्यक्ति अन्तर तह प्रतियोगिताको उम्मेदवार रहनेछन् ।

प्रस्तावित व्यवस्था अनुसार अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवको १० प्रतिशत सिट अन्तर तह प्रतियोगितामार्फत पूर्ति हुनेछ । यस्तो सुविधाका लागि उपसचिवका रुपमा ७ वर्ष कुनै तहमा काम गरेको अनुभव अनिवार्य गर्न प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवलाई २० प्रतिशत अन्तर तह प्रतियोगिताको सिट राख्न प्रस्ताव गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रदेश निजामती सेवा वा स्थानीय सेवामा वहाल रहेको अधिकृत स्तरको कर्मचारीले १० प्रतिशत सिटको अन्तर तह प्रतियोगितामा भाग लिन सक्नेछन् ।

अन्तर तह प्रतियोगिताद्वारा पदपूर्ति हुने पदहरुमा संघीय निजामती सेवामा बहाल रहेको वा कर्मचारी समायोजन सम्बन्धी संघीय कानून बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएर वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवाको एक श्रेणी वा तह मुनीको पदमा बहाल रहेकोे कर्मचारी उम्मेदवार हुन सक्न व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रदेश र स्थानीय तहका कर्मचरीले समेत निजामती सेवाका विशिष्ट पदमा अवसर पाउने गरी यस्तो प्रस्ताव गरिएको अधिकारीहरु बताउँछन् । विगतबाटै प्रदेश र स्थानीय तहका कर्मचारीले संघमा आफूहरुलाई पनि विशिष्ट पदसम्म पुग्ने अवसर खुला राख्नुपर्ने माग गर्दै आएका छन् ।

अनलाइनखबर फलोअप

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?