 
																			२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’को आसन्न चीन भ्रमणमा चिनियाँ साहित्यलाई नेपाली अनुवाद तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्ने समझदारी हुने भएको छ ।
क्याबिनेट बैठकमार्फत् उक्त निर्णय पारित भएको एक मन्त्रीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पेश भएको प्रस्ताव प्रधानमन्त्री प्रचण्डको भ्रमण एजेण्डामा पर्ने भएको हो ।
‘प्रधानमन्त्रीज्यूको भ्रमण बैठकबाट स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘चिनियाँ साहित्यलाई नेपालीमा, नेपाली साहित्यलाई चीनमा अनुवाद गर्नुपर्छ । नेपाली किताबहरुलाई अझै बलियोसँग ठूलो पाठक जनसंख्या माझ पुर्याउन चीन भ्रमणमा पहल हुने भएको छ ।’
प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट बेइजिङ उड्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4