+
+

अपर लोहोरे खोला हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १३:४१

७ असोज, काठमडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो ।

कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक निष्कासन भएको ४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबार नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि सूचीकृत कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले १८ देखि २२ साउनसम्म सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?