+
+

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले ५ प्रतिशत प्रतिफल दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:१६

१६ असोज, काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले इकाइधनीलाई ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको १५ असोजमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांशमा लाग्ने करसहित उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित प्रतिफल वितरणका लागि इकाइधनी दर्ता किता बन्द हुने सूचना भने पछि प्रकाशित हुने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?