 
																			१८ असोज, काठमाडौं । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्यूटी अफ) गरेको छ ।
जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो ।
यो घटनामा नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाइएको छ ।
यो कारवाही प्राधिकरणले अर्को निर्णय नगरेसम्म लागु हुने समेत बताएको छ । यो घटना गत राति भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4