
२१ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
१८ असोजमा बोर्डले कम्पनीलाई २०० प्रतिशत अर्थात् १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले यसअघि नै विद्युत् नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो ।
कम्पनीले सांग्रिला उर्जा प्रालिले प्रवर्द्धन गरेको छुजुङ खोला जलविद्युत् आयेजनामा कम्तीमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
संखुवासभामा रहेको उक्त आयोजनामा कम्पनीले सेयर लगानी गर्नेछ ।
घलेम्दी हाइड्रोको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले उक्त लगानी प्रयोजनार्थ हकप्रद निष्कासन गर्न विद्युत् नियमन आयोगमा आवेदन दिने निर्णय गरेको थियो ।
आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । कम्पनीको नवौं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
प्रतिक्रिया 4